रौतहट,०५ भाद
धन्सर सब–डिबिजन कार्यालय रौतहट अन्तर्गतको बन जंगलबाट तस्करहरुले साल जातको रुख काटी लुकाइ राखेको चिरान काठ शुक्रवार बरामद भएको छ । चिरान गरि बारा निजगढ नपाको सिङौल गाउँमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा डिभिजन बन कार्यालय रौतहटबाट गएको टोलीले चिरानकाठ र गोलीया बरामद गरेको हो । साहयक बन अधिकृत बैजनाथ मण्डल र नबनित मिश्र को नेतृवमा खटिगएको गस्ती टोलिले छापामारी साल जातको चिरान थान–३८ र गोलिया थान–२ समेत गरि गरी ४९ दशमलव ११ क्युफिट काट बरामद गरेको बन कार्यालयले जनाएको छ ।

अघिल्लो सामग्रीभविष्य खोज्दै एसिड पिडित
यसपछिको सामग्रीमृगौला पिडित सिमाले गरीन सहयोगको आग्रह