भद्र,०२
काठमाण्डौ/अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ । त्यही दिन दोस्रो खेल ब·लादेश र स्कटल्यान्डबीच हुनेछ ।त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ । टी–२० विश्व कप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो । तर कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसलाई यूएई र ओमानमा स्थानान्तरण गरेको थियो ।प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् ।
सुरुवाती आठ टोलीमा ब·लादेश, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुआ न्युगिनी छन् ।
टी–२० विश्व कपको फाइनल नोभेम्बर १४ मा हुनेछ । सन् २०१६ पछि पुरुष टी–२० विश्व कप आयोजना गरिएको यो पहिलो पटक हो । यसअघि सन् २०१६ मा कोलकातामा खेलिएको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो ।
सुपर १२ को कुन–कुन देश छन् ?
समूह एक– इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, राउन्ड १ समूह ए को विजेता र राउन्ड १ समूह बी को उपविजेता
समूह दुई– भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, राउन्ड १ समूह बी को उपविजेता, राउन्ड १ समूह ए को उपविजेता
अन्तराष्ट्रिय टी–२० विश्व कपको तालिका सार्वजनिक