रौतहट, २५ साउन
पछिल्लो समय प्रहरिले जाली नोटको कारोवार गर्नेलाई धमाधम पक्राउ गर्न थालेको छ । यस्तै सोमबार इशनाथ नगरपालिकाबाट नक्कली नोट सहित तिन जना व्यक्तिलाई रौतहट प्रहरिले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार इशनाथ नगरपालिकाको कालिमन्दिर नजिकबाट आईतवार राति ८ बजेको समयमा पैदल हिडिरहेका व्यक्तिहरुलाई रोकेर मठिया प्रहरी चौकीका प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट आएका तिन जना व्यक्तिको शरिर बाट नेपाली एक हजारको जाली नोट नियन्त्रणमा लिएको हो ।

जाली नोट सहित तिन जना पक्राउ

उनिहरु बाट ९ लाख ९३ हजार रुपैया बरामद भएको छ ।
धनुषा जिल्ला बटेश्वर गाउँपालिका ४ का ३८ बर्षिय शत्रुघन वरई ठाकुर, महोत्तरी जिल्ला वर्दीवास नगरपालिका ९ पशुपतिनगर बस्ने बर्ष ३० का रंजित महतो र महोत्तरी भंगहा नगरपालिका ४ प्रेमनगर बस्ने बर्ष २५ का दिपेन्द्रकुमार महतोलाई जाली नोट सहित पक्राउ गरिएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले बताए ।
पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरेर मुलुकी अपराध संहिता ऐन २०७४ को मुद्रा सम्बन्धी कसुर अनुसार कारवाही सुरु गरिएको छ । उक्त ऐन अनुसार ५ देखि १० बर्ष कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुने प्रावधान रहेको एसपी शाहले जानकारी दिए ।

अघिल्लो सामग्रीराम कुमार कोइराला स्मृति प्रतिष्ठान परिवार द्वारा दिवगत तिमल्सिना प्रती गहिरो संवेदना प्रकट
यसपछिको सामग्रीचन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाको समिक्षा बैठक सम्पन्न