सप्तरी,१८ श्रावण
सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि फेला परेको छ । सप्तरी प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरिले विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डललाई मुकुट सहित पक्राउ गरेको छ।
चोरी भएको मुकुटसहित मण्डललाई सोमबार बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
आइतबार साँझ करिब ७ः३० बजे पूजारी सरसफाईमा व्यस्त भएको मौका छोपेर मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । मुकुट चोरी भए लगतै सप्तरी प्रशासनले व्यापक रुपमा सुरक्षाकर्मी को टोलि परिचालन गरि भारत संग जोडिएको सिमाना सिल गरेको थियो।

अघिल्लो सामग्रीविद्यालय ब्यवस्थापन को अध्यक्ष चुन्ने विषयमा विवाद, दोहोरो झडपमा १३ जना घाइते
यसपछिको सामग्रीसाझावाणी दैनिक श्रावण १९ गते मंगलबार ।