चन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाको समिक्षा बैठक सम्पन्न

मुकेश कुमार साह

२५साउन,रौतहकट

चन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाद्वारा संचालित रोजगार प्रवदर्न कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ । (सामि)को तेस्रो सुरक्षित आप्रवासन परियोजना (स चरणको चन्द्रपुर नगरपालिका अन्तर्गत संचालित कार्यक्रमहरुको समिक्षा बैठक चन्द्रपुर मा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य तथा बर्षभरीको कार्यक्रमहरुको बारेमा समिक्षा कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले गरेका छन । सामी परियोजना अन्तर्गत भएको कार्यक्रम संचालन गर्दाको चुनौती,उपलब्धि तथा असरको बारेमा प्रस्ट पारीएको थियो ।
सोमबार चन्द्रपुर ४ मा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमको उद्घाटन नगर प्रमुख रामचन्द्र चौधरीले गरेका थिए भने अध्यक्ष्यता माण्डवी रौतहटका अध्यक्ष अन्जु झाले गरेकी थिइन । कार्यक्रमको प्रमुख अथितीमा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी विशिष्ट अथितिमा प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान र अतिथिहरुमा वडा अध्यक्षहरु अमर बहादुर आले,खड्का कुमार कुश्वार ,गोबिन्द प्रसाद दुलाल ,निमित वडा अध्यक्ष साइव माझि तथा हेल्वेटास नेपाल प्रदेश २ संयोजक विजय ठाकुर, संचारकर्मिहरु लगायतका उपस्थिति रहेको थियो ।
सामी परियोजना अन्तर्गत माण्डवी रौतहटले वितिय साक्षरता,मनोसामाजिक परामर्श सेवा,सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा रहेर काम गरेको छ । गौर नगरपालिका,गरुडा नगरपालिका,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउ“पलिकामा संचालनमा रहेको छ । बैदेशिक रोजगारमा गएका युवाहरुलाई सु–सुचित,ठगीमा परेकालाई उद्दार र पिडितलाई न्याय दिलाउदै आएको छ ।
समी परियोजना नेपाल सरकार र स्विस सरकार बीच भएको दुइपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको नेतृत्वमा हेल्भेटास नेपालको प्रावधिक सहयोगमा संचालन मा रहेको छ । कार्यक्रमको लागी स्थानीय सरकारले १ करोड १८ लाख छुट्याएको थियो। जसमध्य बजेटको ८३.७० प्रतिशत खर्च भएको छ । सुरक्षित आप्रवासन परियोजना २०११ साल देखि सुरु भएको हो ।

अघिल्लो सामग्रीजाली नोट सहित तिन जना प्रहरिको नियन्त्रणमा
यसपछिको सामग्रीबाराका पत्रकार भण्डारीलाई सुबोध स्मृति फोटो पत्रकारीता पुरस्कार