१७ श्रावण ,रौतहट
रौतहटमा केही दिनयता सामान्य अवस्थामा पनि छिनछिनमै विद्युत् कटौती हुन थालेको छ । गर्मी मौसममा लगालग विद्युत् अवरुद्ध हुँदा उपभोक्ता परिशान भएका छ्न। मुलुक लोडसेडिङमुक्त घोषणा भए पनि आफूहरूले त्यस्तो महसुस गर्न नपाएको चन्द्रपुर नगरपालिका–४ दुर्गा चोकका निम लामाले बताए । ‘छिनछिनमा विद्युत् आउनेजाने समस्या रुटिननै जस्तो भएको छ,’ लामाले भने। लामाको चन्द्रपुर चोक मा डेरि छ। बिधुत अवरुद्ध हुदा उनलाई फ्रीजमा राखेको दूध फाट्नेको हो कि भन्ने चिन्ता बढेको छ ।।
विद्युत् आउनेजाने हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा बत्ती गइरहने र वितरण केन्द्रमा पूरा भोल्टेज नआउने समस्या छ । यस्तो समस्याले व्यवसाय पनि प्रभावित भएको ओल्ड हाउस क्याफेका सञ्चालक सरोज अधिकारीले बताए । गर्मीको मौसम छ ग्राहक हरु चिसो पिए पदार्थ खोज्छ्न,बिधुत अवरुद्ध ले पिए पदार्थ समेत चिसो बनाउन नपाएको उन्को गुनासो छ। ‘विद्युत् अनियमितले गर्मीमा समस्या खेप्नुका साथसाथै विद्युतीय सामग्री पनि खराब भइरहेको अधिकारीको गुनासो छ ।
अनियमित विद्युत् कटौतीको मार अहिले अनलाइन कक्षा पढिरहेका विद्यार्थीहरूले पनि खेपिरहेका छन् । बत्ती आउनेजाने हुँदा अनलाइन पढ्न समस्या भइरहेको माउण्ट एभरेस्ट आवसिय माध्यमिक बिध्यालय कक्षा ८ मा अध्यनरत सबिन सुनारले बताए । हातमा कापी र कलम बोकेर कम्प्युटर अगाडि बस्छु लाईन झ्याप्प जान्छ ।सुनारले बेलाबेला विद्युत् आपूर्तिमा समस्या हुँदा कक्षा छुट्ने गरेको बताए । गर्मी लागेसँगै विद्युत् निकै कटौती हुन थालेको उनको गुनासो छ । यस्ले समग्र बिध्यार्थी बैकल्पिक अनलाइन क्लासको पढाइ बाट बन्चित हुनु परेको बताए।