भाद्र,०३

रौतहट
सहरीकरण बढे संगै रौतहटको चन्द्रनिगाहपुरमा खानेपानीको समस्या पनि बढ्न थालेको छ ।खेतियोग्य जमिन समेत पल्टिंग गरेर घरेडी हुँदा जनघनत्व बढेपछि सवै ठाउ“मा खानेपानी को पहु“च पुग्न सकेको छैन ।
साविकको नमुना गाविस चन्द्रनिगाहपुरकै बासिन्दाले ट्युवेलको पानि खान बाध्य छन् । ट्युवेलको पानि पिउदा झाडापखाला,रुघा–खोकी जस्ता रोगको सिकार हुनु परेको छ। कलको पानीमा बालुवा आउने ,राखेको एक घण्टा नबित्दै रातो हुने , कलमा सधै पानी नआउने ,बर्खायाममा हिलो मिसिएको पानि आउने ,गर्मीयाममा अधिकास कल सुक्ने जस्ता समस्या भएको चन्द्रपुर ६ चिम्निटोल लक्ष्मी श्रेष्ठले गुनासो गरीन् ।
स्मार्ट सिटी बन्दै गरेको सशरमा बसेर पनि आफुहरु ट्युवेलकोकै धमिलो पानि खान बाध्य भएको अर्का स्थानीय बासिन्दा प्रविन श्रेष्ठको भनाई छ ।
गाउँमा वषौंदेखि खानेपानीको समस्या हुँदा पनि सम्बिन्धि निकायले कुनै वास्ता नगरेको प्रति स्थानीयहरु दुखेसो पोख्छन । गर्मीयाममा अधिकास कल सुक्ने भएको हुँदा गाउँ बस्तुभाउलाई पानी खुवाउन समेत समस्या हुने गरेको वडा न ६ का अर्का बासिन्दा सुर्ज माया परियारको दुखेसो छ । कोरोना संक्रमणको खतरा रहेको बेला शुद्ध पानी खान नपाउँदा अरु नै रोग लाग्ला भन्ने चिन्ताले सधै सताई रहेको परियारले दुखेसो पोखे ।
चन्द्रपुर नपा वडा नम्वर ६ चिम्निटोलमा खानेपानीको पाइप समेत अहिले सम्म पुग्न सकेको छैन । यता चन्द्रपुर ६ का अध्यक्ष खडक बहादुर कुश्वारले आफ्नो वडाले को झन्झन् टोलमा ओछ्याईएको पाईप सानो साइज भएको कारण त्यस एरियामा डावरी चौक भएर पानि ल्याउने पक्रिया भईरहेको उनले बताए ।बाकि ठाउमा चाडै पाईप ओछयाउने र वडावासीलाई यसै वर्ष देखि नै शुद्ध खानेपानी पिउने व्यवस्था मिलाऊने उनले आश्वासन दिए ।
अहिले चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा २४ सय भन्दा बढी उपभोक्ताको दर्ता रहेको छ । त्यसमध्य २१ सय को घरमा मात्र पानी पुग्ने गरेको छ । बाकि ३ सय बढी उपभोक्ताको घरमा धारा मात्र जडान रहेको छ ।
एउटा मात्र ट्यांकी भएको कारण दर्ता भएको उपभोक्ताको घरमा समेत पानी पुर्याउन नसकेको चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष दिपक धितालले बताए ।
बस्ति बाक्लिएपछी सवै ठाउँमा खानेपानी बितरण गर्न कठिनाई भईरहेको उनको भनाई छ । तर दर्ता भएको उपभोक्ताको घर घरमा पानी पुर्याउन आफुहरु लागि परेको उनले जनाए । चन्द्रपुर ४ कप्तान टोलमा रहेको अर्को खानेपानी ट्यांकी संचालनमा ल्याउन पहल भईरहेको छ,उनले भन‘दशैं अगाडी सम्म पहिला दर्तामा रहेको उपभोक्ताको घरमा पानि पुर्याउने लक्ष्यको साथ काम हुँदैछ ।’
माथिल्लो ट्यांकी संचालनमा ल्याउन बिधुतको ट्रान्समिटर मर्मत गरेर ल्याईसकिएको छ ।
बिधुत मिटरको लागी पैसा जम्मा गरिसकेको चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राम बहादुर घलानले बताए ।बिधुत कार्यलयले जति चाडो मिटर जडान गरिदिन्छ, त्यति नै छिटो ट्यांकी संचालनमा आउने उनले भने ट्यांकी संचालनमा पानीको क्षमता अनुसार अरु ठाउमा बितरण गरिने काम हुनेछ । अवको केहि समय पछि मात्र उपभोक्ता को घरमा खानेपानी पुग्ने भएकोले उपभोक्ताहरुलाई नअतालिन सचिव घलानले अनुरोध गरेका छन् ।

अघिल्लो सामग्रीमाथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु
यसपछिको सामग्रीकलाकार शम्भुराज थापाको निधन