२१ साउन, काठमाडौं
बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् ।बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो ।

मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक(एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको थियो ।

अघिल्लो सामग्रीसंसद तिमल्सिनालाई पत्नी शोक,उपचारको क्रममा बिहिवार बिहान निधन
यसपछिको सामग्रीमाधव समूहको केन्द्रीय कमिटी बैठक क्वालिटी ब्यांक्वेटमा बस्दै