रौतहट,०७ भाद्र
प्रहरी विरुद्ध सामाजिक संजालमा लेखेको रिसिवी साध्न लागुऔषध मुद्दामा पत्रकारलाई षडयन्त्र पूर्वक फसाएको भन्दै नेपाल पत्रकार महासंघले सो कार्यको निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आईतवार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालयको यस कार्यको घोर विरोध गरेको हो । महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा प्रहरीको यस्तो कार्यबाट आमनागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नुका साथै कानुनी राज्यको समेत उपहास भएको ठहर गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालन हुने सादा पोशाकका घुमुवा प्रहरी इन्चार्ज उदय यादव र प्रहरी जवान मनोज साहले योजनाबद्धरुपमा साउन ३२ गते साँझ होटेल अगाडी पार्किगं गरिएको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेको भिडियो सार्वजनिक भएको थियो । लागुऔषध सहित फेला परेको भन्दै प्रहरीले ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई नाटकिय ढंगले पक्राउ गरेको थियो ।
जनताको जनधनको सुरक्षाकालागी खटिनु पर्ने प्रहरीले झुठा मुद्दा लगाउन र पक्राउ गर्न गरेको षडयन्त्रको पर्दाफास भएपछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटका कारण सिगंो प्रहरी संगठन नै बदनाम भएको छ । देशमा अपराध नियन्त्रण गर्ने र नागरिकको जिउधनको सुरक्षा गर्नेजस्ता कार्यमा खटिएको प्रहरीजस्तो जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र निन्दनीय भएको महासंघले जनाएको छ ।रौतहटबाट संचालन हुने अनलाइन न्यूज पोर्टलका संचालक रहेका मोजिबुल्लाहको मोटरसाइकलमा नाइट्राभेट राख्न निर्देशन दिने प्रहरीकै अधिकारी रहेका छन । जिल्लाका उच्च अधिकारीले असइ यादवको नेतृत्वमा सो घटना गराएका हुन ।
आवरण घुमुवाको कारण सिङ्गो प्रहरी संगठनको बदनाम