२५असार,रौतहट
रौतहटमा कोरोना संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गर्न थालेको हो । नेपाल मास्क अभियान अन्र्तगत त“पाईको मास्क खै ? कार्यक्रमको आइतबार बिहान गरुडाको मेथुर चोकमा शुरुवात गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेको हो । अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्दै शुरु भएको कार्यक्रम एक साता सम्म संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गरुडाको मेथुर चौकमा स्थानियलाई मास्क वितरण गर्दै सोमबार बाट मास्क नलगाएमा जरीवाना हुने जानकारी प्रशासनले दिएको छ । संक्रमितको सँख्या बढे पनि स्थानियले मास्क लगाउन तथा सावधानी अपनाउन वेवास्ता गरि रहेका छन ।
तेश्रो चरणको महामारी आउने संभावना रहेकोले नागरिकहरुले आफै अनिवार्य रुपमा मास्क लगाउन जरुरी छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीराम भण्डारीले भने “जनचेतना फैलाउन निशुल्क रुपमा मास्क वितरण गरेका छौं । रौतहटमा हाल ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका रौतहटका १ सय १८ जनाले ज्यान गुमाएका छन । संक्रमण बढदा समेत स्थानियले सचेतना नअपानाए पछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिवाना गराउने निर्णय गरेको छ ।कोरोनाको संक्रमण पुनः बढन थाले पनि सचेतना फैलाउनु पर्ने राजनितिक दल, सँस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन ।