रौतहट,०८ भाद
सप्तरीको कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार सप्कोशी नदीमा आएको बाढीले विस्थापित भएका छन् ।
स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोश, महेन्द्र यादव लगायतका स्थानीयको घर बाढीको चपेटामा परेको वडाध्यक्ष बिन्देश्वर यादवले बताएका छन् । उनीहरुले राहत समेत नपाएको गुनासो गरेका छन् । राहतको अभावमा बाढीपीडित भोकभोकै बस्न बाध्य भएका छन् । आफुहरु विगत चार दिनदेखि भोकभोकै बसिरहेको उनीहरु बताउछन । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बाढीपीडित परिवारलाई खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसग समन्वय भइरहेको र जतिसक्दो छिटो राहत वितरण गरिने जानकारी दिएका छन् ।

अघिल्लो सामग्रीरौतहटमा प्रेम प्रस्ताव अस्वीकार गर्दा महिलामाथी कुटपिट
यसपछिको सामग्रीएक साता मनसुन : यी स्थानमा भारी वर्षाको सम्भावना