०२,भद्र
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ।
ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।
कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।
डब्ल्यूएचओले नक्कली खोपले ूविश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्नेू चेतावनी दिएको छ।
सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ।
ुस्मार्ट लकडाउनु कार्यान्वयन हुँदै, कहाँ कति कडाइ हुने
खोप लगाएपछि कोभिड हुने जोखिम कति, के मास्क नलगाउँदा पनि हुन्छ
भारतीय सरकारले यसबारे औपचारिक धारणा राखेको छैन। तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।
हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,ू मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ।
कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ।
सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो।तर एप्रिल र मेमा भारतमा खतरनाक कोभिड महामारी फैलिएपछि यसको निर्यातलाई भारत सरकारले रोकेको थियो जुन अहिलेसम्म कायम छ।सेरमले पनि प्राथमिकतामा भारत रहेको भन्दै यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने बताएको छ। नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ।कोभिडबाट सबैभन्दा प्रभावित दोस्रो देश भारतले यो वर्षको अन्त्यसम्म सबै योग्य नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ।
तर ज्यानुअरीदेखि अहिलेसम्म त्यहाँ १३ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रा खोप पाएका छन्। पाँच करोड मात्रा कोभिड खोप ल्याउने घोषणा, कस्तो छ भण्डारण क्षमता
रुसमा कोभिड खोपको नक्कली प्रमाणपत्र बनाउनेको बिगबिगीभारतमा हाल तीन लाख ६७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् र अहिलेसम्म चार लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।बुधवार भारतमा थप ३५,१७८ जनामा सङ्क्रमण पुष्टि भयो भने ४४० जनाको मृत्यु भयो।त्यहाँ अहिलेसम्म तीन करोड २२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन्।
अन्तराष्ट्रिय कोभिड खोप:भारत र अफ्रिकामा नक्कली कोभिशील्ड भेटियो