किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

२५असार, काठमाडौं
‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैया“समेत प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हु“दै आएको थियो ।

अघिल्लो सामग्रीगरुडामा पनि मास्क बितरण कार्यक्रम सुरु
यसपछिको सामग्रीडेल्टा भेरियन्टको त्रास : एकबाट धेरै व्यक्तिहरु संक्रमित हुन थाल्यो