रौतहट,०७ भाद्र
नेपाली कांग्रेसको केन्द्रीय सदस्य मोहन बस्नेतले मधेश नेपाल कांग्रेसको भोट बैंक नभई ब्लड बैंक रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय गौरमा आईतवार आयोजित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले कांग्रेसको मेरुदण्डको रुपमा रहेको मधेशलाई पछिल्लो समयमा पार्टी नेतृत्वले हेर्ने दृष्टिकोर्णमा फरक धार ल्याउदा यहाँ कांग्रेस कमजोर भएको परिणाम स्वरुप देशमै कमजोर भएको टिप्पणी गरे ।पार्टी संगठनलाई बलियो बनाउनका निमित्त गुट उपगुटको मानसिकताबाट माथि उठेर संगठन विस्तारमा लाग्नुपर्ने, युवा पुस्तालाई अगाडी बढाउनु पर्ने, ठोस रुपमा क्रियाशिल सदस्यता बढाएर पुन ः एक पटक तराई मधेशमा कांग्रेसलाई बलियो बनाएमा मात्रै मुलुक बलियो हुने तर्क दिए ।
दुई तिहाईको कम्युनिष्टको सरकार चलाउन नसकेर ढलेपछि नेपाली कांग्रेसको नेतृत्वलाई स्वीकार्य गरेको परिणाम नै आज पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको स्पष्ट पार्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले जव जव मुलुकमा शंकट आउछ नेपाली कांग्रेसले नेतृत्व लिई देशलाई निकास दिने गरेको पर्याप्त उदाहरण रहेको जिकिर गरे ।मुलुक कोरोना माहामारी, बाढी पहिरोबाट अस्तव्यस्त रहदा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहज रुपमा भ्याक्सिन देखि लिएर बाढी पहिरो प्रभावित बस्तीमा उपस्थित भई राहत एवं क्षतिपूर्तीको व्यवस्थापन गरेको चर्चा गर्दै सोही अनुरुप बाढीमा परेर ज्यान गुमाएकाहरुलाई जनही पार्टीले २५ हजार रुपैया दिने घोषणा गरिसकेको बताए ।
नेपाली काँगे्रस रौतहटका सभापति कृष्णप्रसाद यादवले प्रदेश नम्वर २ मा रौतहट संगठनमा सवै भन्दा बलियो स्थानमा भएपनि पार्टी नेतृत्व जहिलेपनि यो जिल्ला संग हेपहा प्रवृति अपनाएको आरोप लगाए । २ सांसद, ८ स्थानीय तह प्रमुख, प्रदेश सदस्य जिताएको तर केन्द्रमा मनोनित हुनेहरु वा संबैधानिक निकायमा जहिले पनि धनुषा र सप्तरीको पर्ने गरेको गुनासो व्यक्त गरे । संगठन विस्तार नगरी १ नम्वर क्षेत्रका १० व्यक्ति जहिले पनि बाधा अवरोध खडा गर्दै आएको र अहिले पार्टी केन्द्रीय कार्यालयमा बसेर धर्ना दिइरहेको तिनीहरुलाई बरिष्ठ नेता रामचन्द्र पौडेलले काखी च्यापेकोमा आलोचना व्यक्त गरे ।
सो कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला समनवय समितिको सभापति रामएकवाल यादव, राजदेवी नपाको मेयर धिरेन्द्र सिंह, दुर्गा भगवती गाउ“पालिकाको अध्यक्ष अरुणकुमार साह, युवा नेता राजेश चौधरी, पार्टी सचिव र्हदयनारायण यादव, कृृष्णा चौधरी, ओमप्रकाश जयसवाल, दिपेन्द्र सिंह, रामभरोस यादव, अबधकिशोर साह लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
साभार:तराई टप.कम बाट