रौटहत,भदौ ८
एएफसी महिला एसियन कप९२०२२ छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदसीय टिमको घोषणा गरेको हो ।छनोटमा नेपाल समूह एफ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल उज्वेकिस्तानमा हुनेछ ।
नेपाली टिम
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर , रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह
खेलकुद एसियन कप छनोटको लागि २३ सदसीय नेपाली टिम घोषणा