भद्र,११
काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्ष २०७७र०७८को असार मसान्तसम्ममा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६९/५ प्रतिशतले बृद्धि भएको छ भने सुनको मूल्य १/१ प्रतिशतले बढेको छ ।
केन्द्रिय बैंकको विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा २०७७ असार मसान्तमा कच्चा पेट्रोलियम मूल्य प्रति ब्यारल अमेरिकी डलर ४३/९६ रहेको थियो भने समीक्षा अवधिमा अमेरिकी डलर ७४/५३ पुगेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर डलर १८२३/७५ पुगेको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तमा भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अमेरिकी डलर १८०४/६० रहेको थियो