१७ श्रावण ,काष्ठमाण्डौ
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ५८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् । त्यस्तै थप २ हजार २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५६ हजार १९७ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार २९८ सक्रिय संक्रमित आइशोलेशन र ३७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ११ हजार ८६७ वटा पिसिआर र ३ लाख २२ हजार ६०१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

अघिल्लो सामग्रीलोडसेडिङ को चपेटामा चन्द्रपुरका सर्वसाधारण
यसपछिको सामग्रीप्रहरी द्वारा रौतहटमा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट