रौतहट,१५ भाद
केहि दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागमा जनधनको क्षेती भएको प्रति आइटी आर्मीले दुख व्यक्त गरेको छ ।देशको मुख्यतः नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपालचौक लगायतका स्थानहरुमा आएको बाढी पहिरोले जनधनको क्षति गरेको प्रति गहिरो चिन्ता एवं दुख व्यक्त गरीएको छ ।
बिपदमा परेका मृतकहरु नवलपरासी बुलिङ्टार गापा–२, डाँडाझेरी निवासी ५७ वर्षीय खिलमाया नेपाली,६१ वर्षीय शेरबहादुर नेपाली, रामग्राम नपा–१८, बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र १३ वर्षीय प्रदिप प्यासी, वीपी राजमार्गको रोशी गाउ“पालिका सडक खण्डमा माथिबाट ढुगां खसेर मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहप्रति आइटी आर्मीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
धनुषा रामानन्द चोक निवासी ३० वर्षीय घाईते सतिस कुमार साहको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सुस्ता गापा–४, थारुटोलका ३२ वर्षीय सन्तु चौधरी, सुनवल नपा–१४ का एलिसा तामागं लगायतका बेपता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य मा तदारुकता देखाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ ।
आइटी आर्मीका केन्द्रीय संयोजक चन्द्र भूषण साहले एक बिज्ञप्ति निकाल्दै बाढी प्रभावित क्षेत्रमा तत्काल राहत , आवश्यक स्वास्थ्य सामाग्री, खाद्यान्न, लताकपडा, वैकल्पिक आवासको व्यवस्था सहित अवरुद्ध रहेको विधुत, सडक र सञ्चार सेवा पुनः प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याई पिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग माग समेत गरेका छन ।
थप केही दिन वर्षा हुनसक्ने पूर्वानुमान विज्ञहरुले गरेको हुँदा क्षति हुनसक्ने सम्भावना रहेकोले प्राकृतिक प्रकोपको प्रतिकूल समयमा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कताका साथ रहन तथा एकअर्काको सहयोगी बन्न आइटी आर्मिले अपिल समेत गरेको छ ।
अर्थतन्त्र आइटी आर्मी द्वारा बाढी पिडितहरुलाई क्षेतिपुर्तीको माग