भाद्र,१३
सिरहा/अविरल वर्षासगै आएको बाढीले सिरहाका विभिन्न ठाउमा घरहरु डुवानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाध भत्केर गाउमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन बढी घरहरु डुबानमा परेको छन् ।
घर डुबानमा परेपछि स्थानीयहरु नजिकैको छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले बताए । उनका अनुसार घरभित्रै पानी पसेकाले माटाका घरहरु भत्केको जानकारी दिए ।डुवानका कारण अन्न पात राखिएको कोठी (माटोको भखारी) भत्केर सबै अन्न पातहरु काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिए । उनले भने, घरमा भएको सबै अन्नपात भिजेपछि बिहान छिमेकीले खाना खुवाए, अब पकाउने ठाउँ पनि छैन, भएको अन्नपात पनि भिजेकोले छाक टार्न मुस्किल छ ।
स्थानीय तहले पोखरीको बाँध बाध्न रकम छुट्याएको भएपनि बाँध राम्रोसँग नबाँधेका कारण बाँध फूटेर गाउँमा पानी पसेको स्थानीयको आरोप रहेको छ ।
त्यस्तै, गोलबजार नगरपालिका ९ मा २ वटा घर र सिरहाकै धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेलले जानकारी दिएका छन् ।वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएको छ । पूर्वपश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पस्ने भएकाले पसलहरु जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । उनका अनुसार वर्षाको पानीले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए । त्यस्तै, कर्जन्हा नगरपालिकाको बन्दीपुरस्थित बाबातालमा बढेको पानीले बाँध कटान गर्न थालेको छ । बाबातालको पानी उक्लिएर नजिकैको गाउँ पस्दा घरहरु समेत डुबानमा परेको स्थानीयहरुले बताएका छन् । बाबातालको बाध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको र बोरामा माटो हालेर अहिले बाध मर्मतको काम भइरहेको प्र.जि.अ कँणेलको भनाइ ।
अर्थतन्त्र अविरल वर्षाका कारण सिरहाका विभिन्न बस्ती डुबानमा