अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताएका छन् । हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङगठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो, उहाँले अफगान संसद्मा भने । उनले वासिङ्टनलाई यो निकासले गलत परिणाम ल्याउने चेतावनी दिनुभएको टोलो न्युजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने कुरा बताए । घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गरेका छन् । उनले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताए । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यवद्धताको समय भएको बताए ।
संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट आक्रमण को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक छ भने ।
तालिवानतर्फ सङ्केत गर्दै राष्ट्रपति घानीले भने, अफगानीहरूबीचको शत्रुता गम्भीर बिषय हो ।अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।उनले थपे, तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएका छन् ।स्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौं । हामीले आन्तरिक र बाह्य अफवाहको सामना गरिरहेका छौं ।घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिबानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेका समय आएको छ ।अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी रहेको थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दावी गरेको छ । यसैबीच तालिवान प्रभावित इलाका लस्करघामा नेटो सैनिकको हवाइ आक्रमणमा कम्तीमा सात तालिवानी लडाकू र तालिवानका ३८ सहयोगी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले बताएको छ ।तालिवान समूहले आइतबार हेलमण्ड प्रान्तको लस्करघास्थित एउटा जेलमा असफल आक्रमण गरेका थिए ।(एएनआई)

अघिल्लो सामग्रीपारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
यसपछिको सामग्रीजिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने