भद्र,०८
अफगानिस्तान/तालिबानले उद्धारकार्यको म्याद अगस्ट ३१ भन्दा पछि नलम्ब्याउने बताएको छ । तालिबान प्रवक्ता सुहाइल शहिनले अगस्ट ३१ नै अन्तिम दिन भएको बताए । उनले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो फौजलाई सो मितिसम्म फिर्ता लाने बताएको भन्दै मिति लम्ब्याउनु भनेको अफगानिस्तान कब्जा गरिरहनु भएको तालिबानले जनाएको छ । प्रवक्ता शहिनले यसमा परिवर्तन भएमा हुने परिणाम भोग्न चेतावनी दिए ।
अमेरिकी राष्ट्रपति बाइडनले पनि निर्धारित मितिसम्म अमेरिकी फौज फिर्ता गर्ने बताउ“दै आएका छन् । तर, अहिले नै अमेरिकी फौज फिर्ता लैजाने कदमको आलोचना भइरहेको छ । युकेका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले सेना फिर्ती अफगानिस्तानको मात्र नभइ आफूहरूको समेत विषय भएको भन्दै अमेरिकी कदमको कटु आलोचना गरेको छन् ।
यसैबीच, मंगलबार बस्ने जी सेभेनको आकस्मिक बैठकमा युकेका प्रधानमन्त्री बोरिस जोन्सनले काबुल एरपोर्टबाट उद्धारका गर्न थप समय उपलब्ध गराउन अमेरिकी सेना फिर्ता गर्ने कार्यमा ढिलाई गर्न अमेरिकी राष्ट्रपतिलाई आग्रह गर्ने अपेक्षा गरिएको छ । हजारौ“ अफगान र विदेशी नागरिकहरू त्यहा“बाट बाहिर जान अझै उद्धार उडानहरूको लागि संघर्ष गरिररहेका छन् ।
अन्तराष्ट्रिय अफगानिस्तानमा उद्धारकार्य नलम्ब्याउन तालिबानको चेतावनी