रौतहट,२१ असार
रौतहटको चन्द्रपुरमा आइतवार ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका वडा न. ६ को सहयोग तथा सुप्रीम संचार प्रा.लीको आयोजनामा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको हो । उत्त कार्यक्रम उद्घोषण कला ,रेडियो पत्रकारिता, साइबर क्राइम न्यूनीकरण संबन्धी तालिम दिइएको थियो । ५ दिने कार्यक्रममा ५० जना बिध्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्घोषण सुप्रिम संचार प्रा.लीका स्टेसन म्यानेजर मुकेश कुमार साहले गरेका थिए । कार्यक्रममा बोल्दै गुञ्जन एफ एमका स्टेसन म्यानेजर संजय कार्कीले उद्घोषण तथा पत्रकारिता तालिम लिएका व्यक्तिलाई पत्रकारिताका लागि सधै ढोका खुल्ला रहेको र रहिरहने बताएका छन् ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले व्यवसायिक मुल्य मान्यता सहितको व्यवसायिक पत्रकारिताको बिकासमा जोड दिनुपर्ने बताए ।सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , पुरीले भने जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ । कोरोना माहामारी नियन्त्रण भएसंगै जनस्वास्थ्यको मापदण्ड अपनाई कार्यक्रम सम्पन्न गरेको सुप्रिम संचार प्रा .लीका अध्यक्ष महतले बताएका छन्। सो समापन कार्यक्रममा चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरी प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,चन्द्रपुर ६ का वडा अधक्ष्य खड्क बहादुर कुस्वार,वडा सदस्य मन्जु देवी बिक,जगं बहादुर घलानको उपस्थिति रहेको थियो।