प्रिटोरिया । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा १० वटा बच्चालाई जन्म दिएर विश्व कीर्तिमान राखेकी छिन् ।बीबीसीका अनुसार गोसियामी थामराले सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । ‘म धेरै खुशि छु, भावुक पनि । म धेरै कुरा गर्न सक्दिन’ ती महिलाका पति तेबेहो सोतेत्सीले पत्नीले बच्चा जन्माएपछि सोमबार राती प्रिटोरिया समाचार एन्जेसीसँग भने ।

३७ वर्षकी ती महिलाले यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थिइन् र उनीहरुको उमेर अहिले ६ वर्ष पुगेको छ ।सिजेरियन विधिबाट बच्चा जन्माएपछि आफू स्वस्थ रहेको ती महिलाले जनाएकी छिन् । गिनिज विश्व रेकर्डले गोसियामीको उक्त केसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।यसअघि मोरक्कोमा एकैपटक ८ बच्चा जन्माएकी महिलाको विश्व कीर्तिमान अहिले पनि कायमै छ ।

अघिल्लो सामग्रीहाइटीको राष्ट्रपतिको हत्यामा अमेरिका र कोलम्बियाका पूर्व सैनिक संलग्न
यसपछिको सामग्रीनेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार