काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक श्रेष्ठलाई नियुक्ती दिएकी हुन् । राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्। उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । सरकार गठन भएको दुई हप्ता पुग्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।
