काठमाडौँ — वर्षायामको सुरुवात भएसँगै डेंगु, मलेरिया, स्क्रब टाइफस, सर्पदंश लगायतका बिरामीहरु देखा पर्न थालेका छन् । नेपालमा पाइने सर्पहरुमध्ये गोमन, राज गोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा गनिन्छन् । सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेमा सचेत रहन आवश्यक छ ।
सर्पदंशबाट जोगिन के गर्ने ?
राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने
जुत्ता वा गम बुट लगाउने
खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
घर वरपरको घाँस, झारपाट काटेर सफा राख्ने
काठ, ढुंगा, टुटेफुटेका सामानको थुप्रो हटाउने
जमिनका प्वालहरु टाल्ने
पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने
सुत्नुअघि ओच्छ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने
झुल टाँगेर सुत्ने
सर्प देखे टाढै रहने
सर्पले टोकिहाले के गर्ने ?
डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने
सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने ,बाँध्ने काम नगर्ने
कुनै पनि मलम, रासयनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने
बिरामीको आत्मविश्वास कामय राख्ने
सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्याउने