रौतहट,०९ श्रावन
रौतहटको चन्द्रपुर ०६ स्थित लमाहाका वासीन्दाले तिन दसक बितिसक्दा पनि स्वच्छ खानेपानिको अनुभुति गर्न पाएका छैनन् । चन्द्रनिगाहपुर मुख्य चोक बाट ७ कि.मि पच्छिम रहेको लमाहाका बासीन्दाले खानेपानीको माग गरेको झन्डै ३४ वर्ष बितिसक्दा पनि कुवाको घमिलो पानी पिउन बाध्य रहेका छन् । लमाहावासीले शुद्ध खानेपानीका लागि गुहार लगाएको यतिका वर्ष बिते पनि सरकारी निकायले चासो देखाएका छैनन् ।
बस्तीनजिकको लमाहा खोलाको डिलमा १४ परिवारले कुवा बनाएका छन् । उनीहरू लामो समयदेखि त्यही कुवाको पानी पिउने गरेका छन् । कुवामा संकलन हुने पानी एउटा गाग्रीमा भर्न करिब २५÷३० मिनेट लाग्छ । एक परिवारले ३÷४ वटासम्म गाग्रीमा पानी भरेर घर लैजाने गरेका छन् । दिनभरका लागि यही पानी प्रयोग गर्नुको अन्य विकल्प नरहेको स्थानिय बताउछन् ।
कुवामा खोलाको पानी थिग्रिएपछि मात्र प्रयोग गर्न मिल्ने उनीहरू सुनाउ“छन् । वर्षाको बेला कुवा बगाए छानाको पानी छानेर पिउनु पर्छ । खानेपानीको धारा जडान गरिदिन वर्षौंदेखि हारगुहार गरे पनि सुनवाइ नभएको स्थानीय कान्छीमाया तामाङले दुःखेसो पोख्छिन् । सरकारी निकायमा धेरैपटक धाइसक्यौं, उनले भनिन्, अब कसलाई भन्न जाऔं ? चुनावको बेला खानेपानीको व्यवस्था हुन्छ भनेर आश्वासन दिन्छन्, पछि नेताहरू फर्किएरै आउ“दैनन् ।
३४ वर्षअघि बसेको यो बस्तीमा तमाङ समुदायको बसोबास छ । २०४४ सालमा मकवानपुरको डाङडुंगे गाउ“बाट बस्ती हटाइएपछि अधिकांश यही जंगलमा झुपडी बनाएर बसेका थिए । बस्तीमा खानेपानीको समस्या त छ“दै छ, विद्युत् सेवा पनि पुगेको छैन । उनीहरू अझै टुकीकै भरमा छन् । यसले बालबालिकालाई पढ्नमा समस्या हु“दै आएको छ । आफैंले भोट दिएर जिताएका जनप्रतिनिधिले आफूहरूको दुःख नदेखेकोमा लमाहा वासीका स्थानीयलाई पिरोल्छ । स्थबस्तीमा एउटा पनि धारा छैन । धमिलो पानी पिउनुपर्छ । हामीले पक्की घर मागेका होइनौं नि । शुद्ध पिउने पानी मात्र मागेका हौं, स्थानीय सुकमाया वाइबाले भनिन् ।चन्द्रपुर नगरपालिकाले वनक्षेत्रको बस्ती भन्दै विकास निर्माणको काम गर्न आ“ट गरेको छैन । चन्द्रपुर न.पा का प्रमुख रामचन्द्र चौधरीले लमाहा बस्तीमा खानेपानी र अन्य समस्या समाधानबारे अहिलेसम्म कुनै योजना नबनाएको बताए ।जंगलमा बस्ती हुदा डिभिजन वनले केही गर्न दि“दैन,बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुबाहेक विकल्प नभएको चौधरीले बताए ।