भारतीय नम्बर प्लेटका सवारीसाधन धमाधम नियन्त्रण लिदैँ
रौतहट०३ साउन
भन्सार छलि निर्बाद रुपमा चलीरहेका भारतीय सवारी साधनलाई रौतहट ट्राफिक प्रहरीले धमाधम नियत्रणमा लिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लामा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु नियन्त्रणमा लिन थालेको छ ।
शुक्रबार सम्ममा मात्र जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुर आसपासबाट २५ वटा भारतिय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतिय सवारी नेपालमा चलाउन भन्सार कार्यलय बाट अनुमति लिनु पर्ने हुन्छ तर भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई ट्राफिक प्रहरीले भटाभट नियन्त्रण लिईरहेको छ ।
नियत्रणमा लिएको भारतीय सवारी साधनका धनीलाई सम्झाई बुझाई जरीवाना लिएर छोड्ने तयारी भईरहेको कार्यालयले जनाएको छ ।
हालसालै सरुवा भएर रौतहट आउनु भएका ट्राफिक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले सवारी दुर्घटना र जोखीम निउनिकरण गर्न को लागी एक किसिमको अभियाननै संचालन गर्ने बताए । नियम विपरित चलेका भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्लाभरनै अभियानकै रुपमा नियन्त्रणमा लिइने प्रहरी निरिक्षक माझीले बताउनुभयो । उहाँले सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय रेडियोहरुबाट सुचना प्रशारण गरेर , माइकिङ्ग गरेर सर्वसाधरणलाई जानकारी दिएको जनाउँदै श्रावन १ गतेदेखि चेकिङ्ग गरेर नियन्त्रणमा लिन सुरु गरेको जनाए । ‘हामी क्रमैसँग नियम विपरित चलेका साना तथा ठुला सबै भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई नियन्त्रण लिने माझी ले बताए ।‘जिल्लामा सञ्चालन भइरहेका यस्ता सवारी साधनहरु नियन्त्रणमा लिन हामी कडाइका साथ प्रस्तुत हुने र यसमा स्थानीय,बुद्धिजिवि,पत्रकारको पनि साथ, सहयोग चाहिने बताए । ’
नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमा त्यस्ता सवारीसाधनहरु चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरुबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरु र सवारी धनीहरुलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । पहिलो दिन नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधीहरुको सिफारिस आउन सुरु गरेको गोप्य स्रोत ले जानकारी दिएको छ।
यसरी सिफारि गर्नेहरुले तराइ मधेसमा भारतीय नम्बर प्लेटका सवारीसाधन चल्नु सामान्य भएको र यसलाई नियन्त्रण गर्न असम्भव भएकाले नियन्त्रणमा लिएकाहरुलाई छाडिदिन दवाव दिने गरेको बुझिएको छ ।