२० असार, रौतहट
रौतहटको ३ प्रहरी चौकीहरु डुवानमा परेपछि सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ९ स्थित बसतपुरमा रहेको प्रहरी चौकी ब्रम्हपुरी , गौर नगरपालिकाको वडा नम्बर १ स्थित गौरमा रहेको भन्सार सुरक्षा गार्ड र गौर वडा नम्बर २ स्थित महादेवपट्टीमा रहेको अस्थायी प्रहरी पोष्टको कार्यालयमा पानी पसेर डुवानमा परेको थियो । निरन्तर बर्षाले पानीको सतह घट्नुका सट्टा बढ्ने क्रम बढेपछि शनिबार डुवानमा परेका ३ आटै प्रहरी चौकीहरु सुरक्षित स्थानमा स्थान्तरण गरिएको जिल्ला प्रकरी कार्यालय रौतहटले जनाएको छ ।

अघिल्लो सामग्रीराष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री पौडेलले सम्बोधन गर्ने
यसपछिको सामग्रीइँट्टाभट्टा खाल्डोमा नुहाउदा बालिकाको मृत्यु