१५ साउन,रौतहट
रौतहटको चन्द्रनिगाहपुरमा रहेको अस्थायी कोरोना अस्पतालको स्वास्थ्यकर्मीलाई बायोग्यास क्षेत्र साझेदारी नेपालले र रोटरी क्लब अफ बर्दिबासले शुत्रबार पिपीई सहयोग गरेको छ । रोटरी क्लब अफ बर्दिबासको आयोजनामा बायोग्यास क्षेत्र साझेदारी नेपालले शुत्रबार एक कार्यक्रममा बीच १ सय ५० थान पिपीई सहित म्याक्स लगायतका स्वास्थ्य सामग्री बितरण गरेको हो ।
अस्थायी कोरोना अस्पतालको प्राङ्गणमा महोतरी बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शान्ता थापा र रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले संयुक्त रुपमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले स्वास्थ्य सामग्री हस्तान्तरण गनुभयो । सोही कार्यक्रमा प्रदेश सभा सदस्य शान्ता थापाले महामारीको बेला अग्र्र्र पङग्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा सामाजिक क्षेत्र बाट सहयोग गुर्नु भनेको धेरै राम्रो कार्य भएको बताउनु भयो । उहाले स्वास्थ्य सामग्रीको बितरणले उहाहरुको मनो बल धेरै बढ्ने र समाजिक कार्यमा अजै ध्यान जनेमा आफु आशाबादी रहेको बताउनु भयो ।
सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले महामारी नियन्त्रणमा सरकारको साथ साथै सहयोगी संस्थाहरुको समेत योगदान रहनु पर्नेमा जोड दिनु भयो । बायो ग्यास क्षेत्र साझेदारी नेपालका प्रतिनिधि तिलक श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गरेर मानबीय सेवामा र सामाजिक दात्र्व निर्भा मात्र निभाएको बताउनु भयो ।आगामी दिनमा अझै यसतै क्रर्य गरि रहने उहाले बताउनु भयो