रौतहट,२० असार
रौतहटका विभिन्न गाउमा तीन दिनदेखि आतंक मच्चाइरहेको जंगली हात्ती भारत पसेको छ ।
जिल्लाको गरुडामा स्थानीयको घर भत्काएर गाउमा आतंक मच्चाउदै आएको जंगली हात्ती देवाही गोनाही, मिठुअवा गौर र लक्ष्मीपूर बेलबिछवा हुदै भारतको जोडीयाही भन्ने ठाउमा पुगेको यकिन भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
हात्ती शनिबार दिउसो बेलबिछ्वाबाट सम्पर्क विहिन भएको थियो । त्यसपछि हात्ती फेला परेको थिएन ।हात्ती नियन्त्रणमा लिनका लागि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आएका टोली, वन र प्रहरी टोली खोजबिन गर्न ब्यापक रुपमा जुटेको थियो । गाउमा पसेको स्थान पत्ता लागेन । निकुञ्जको टोली हात्ती ब्यबस्थापन खटे पनि फेला पार्न सकेन । र टोली पर्सा निकुञ्जको आधाभारमा फर्कि सकेको प्रजिअ यादवले जनाए ।

हात्तीले तीन दिन देखी रौतटहको विभिन्न गाउमा स्थानीयको घर भत्काउने र अन्न खाने गरेको थियो । जंगली हात्ती हेर्न, भिडियो खिच्न र भगाउन भन्दै स्थानीयले होहल्ला र अवरोध गर्न थाले पछि एकबाट अर्को गाउ गर्दै हात्ती भारत पुगेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेवप्रसाद यादवले चितवन वा पर्सा राष्ट्रिय निकुञ्जबाट बाटो बिराएर हात्ती रौतहट आएको हुनसक्ने बताए ।हात्ती नियन्त्रणमा लिनका लागि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आएका टोली फर्किएका छन् ।
निकुञ्जको हात्ती बाराको रतनपुर हु“दै रौतहटको जंगलमा आउने गरेको छ । दुई वर्ष अघि चितवन राष्ट्रिय निकुञ्जबाट बासस्थानको खोजीमा दुईवटा गैंडा समेत आएका थिए ।
सिकारीले एउटालाई गैंडाटार जंगल भित्र गोली हानी घाइते बनाएको थियो । अर्कालाई निकुञ्जको टोलीले डार्ट गरी लगेको थियो ।

अघिल्लो सामग्रीइँट्टाभट्टा खाल्डोमा नुहाउदा बालिकाको मृत्यु
यसपछिको सामग्रीसाझावाणी दैनिक असार २१ गते सोमबार ।।