असार २८,काठमाडौं

भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुलाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरिएको छ ।

भारतको विभिन्न राज्यमा चट्याङ लागेर एकै दिन कम्तीमा ६७ जनाको मृत्यु भएको जनाइएको छ ।उत्तर प्रदेशमा ४०, राजस्थानमा २० र मध्यप्रदेशमा ७ जनाको मृत्यु भएको हिन्दुस्तान दैनिकको अनलाइन संस्करणमा उल्लेख छ ।एजेन्सी

अघिल्लो सामग्रीनायिका प्रियंका कार्कीको ‘बेबी सावर’को खुशी
यसपछिको सामग्रीइंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन