रौतहट,०५ साउन
रौतहटको दक्षिण भागमा रहेको राजदेवी नगरपालिकामा मंगलवार उपमेयर अंशु सिंहले अधिकृतकै कार्य कक्षमा तालाबन्दी गरी दिएकी छिन् लाई उनकै कक्षमा २ घण्टा लामो तालाबन्दी गरेकी छिन् ।जिल्लाको १८ स्थानिय तह मध्ये एक राजदेवी नगरपालिका , जहा“ करिब ४ वर्ष वित्न लाग्दा समेत नगरप्रमूख, उपनगरप्रमूख र अधिकृतको बीच आपसी तालमेल मिल्न सकेको छैन् ।
मंगलवार राजदेवी नगरपालिकामा उपनगरप्रमुख अंशु सिंहद्धारा अधिकृत सुबोध साहको कक्षमा तालाबन्दी गरिएको थियो ।
राजदेवी नगरपालिकामा गत असार ७ गते नगरसभा सम्पन्न गरिएको थियो । मंगलवार नगरसभा सम्पन्न भएको एक महिना बितिसक्यो । तर नगरसभा र कार्यपालिकाको बैठकको प्रतिवेदको प्रतिलिपि भने अहिले हराएकै अवश्थामा छ ।उप्रमुख अंशु सिंहले पटक पटक कार्यपालिका र नगरसभाको बैठकको म्याग्नेटको प्रतिलिपिका लागि माँग गरेकी हुन् । तर प्रतिलिपि भने आज ÷भोली दिन्छु भन्दै अधिकृतले ब्यवास्ता गर्ने गरेको राजदेवी न.पा का उप प्रमुख अंशु सिंहले बताइन ।
नगर सभा पनि जबरजस्ती गरीयो अहिले प्रतिवेदनको पटक पटक माग“ गर्दा समेत प्रतिलिपि नपाएको कारण तालाबन्दी गरेको हु“ उपमेयर सिंहले बताईन ।
उप मेयर सिंहले यो केही नभई अधिकृतको दादागिरि रहेको बताएकी छिन् । नगरसभा सम्पन्न भएको एक महिना बितिसक्दा“ समेत प्रतिलिपि नपाउनु भनेको कर्मचारीले जन प्रतिनिधिलाई पेल्नु हो । यसमा नगरप्रमुख धिरेन्द्र साहले पनि कुनै चासो नदिएको उप्रमुख सिंहको आरोप छ ।नगर सभा समपन्न भए लगतै आफुले सबै प्रकियमा पुर्रयाएर प्रतिवेदन मागको लागी निवेदन दर्ता गरेकी थिईन । पछि अधिकृत सँग प्रतिलिपिको लागि सोधपुछ गर्दा कागजपत्र तयार छैन, सहि बा“कि छ भन्दै नानाथरिका बहाना बनाई असार २२ गते दिन्छु भनी वाचा गरे । तर अधिकृतले दिएको म्याद सक्दा“ समेत कार्यपालिका र नगरसभाको म्याग्नेटको प्रतिलिपि भने पाईन हाकीमले झारो टार्ने काम गरे उप नगरप्रमुख सिंहले दुखेसो गरीन् ।उनका अनुसार प्रतिलिपिको मागँ गर्नु त्यो पनि लिखितमा यो मेरो अधिकार हो र यसबाट मलाई कसैले वंचित गर्न कसैले पनि सक्दैन ।मंगलवार अधिकृत ज्यूलाई प्रतिलिपिको बारेमा सोधपुछ गर्दा मेयर ज्यूले राख्नु भएछ ,उनी आएपछि दिन्छु भने तर मेयर ज्यू आएपछि पुनः अधिकृत सँग प्रतिलिपिको बारेमा सोधपुछ गर्दा तपाईले प्रतिलिपि पाउनुहुन्न भन्दै दादागिरि देखायो, जे गर्नु छ गर्नु भने जवाफ आएको उपमेयर सिंहले बताइन् ।
नगरसभा र कार्यपालिकाको बैठकको प्रतिलिपिको कारण यो विवाद उत्पन्न भएको हो । जस कारण अधिकृतको कक्षमै तालाबन्दी गर्नु पर्यो ।
घण्टौको विवाद पछि जनप्रतिनिधि लगायत संचारकर्मी सामु अधिकृत साहले प्रतिलिपि ७ गते दिन्छु भनी वाचा गरेका छन् । उप्रमुख सिंहले सहमती जनाउ“दै तोकिएको समयमा प्रतिलिपि पाएन भने पुनः अधिकृतको कक्षमा तालाबन्दी गर्ने र आवश्यक कार्वाहीको लागी पत्रचार गर्ने चेतावनी दिईन।

अघिल्लो सामग्रीसाझावाणी दैनिक सााउन ०६ गते बुधवार ई-पेपर
यसपछिको सामग्री२०७८ साउन ०६ गते बुधबार ।