रौतहट ।
चन्द्र्पुर नगरपालिका –१० बडेर्वाटोल का एक मुसहर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।एकसाता अघि आंपको रुख बाट लडेर मृत्यु भएका ५० पाचु मुसहरको पिडित परिवार लाई खाध्यान्न सहयोग गरिएको हो ।
परिवारमा मृतकका श्रीमती सिया देवी मुसहर, १८ वर्षकि छोरी सुनिता मुसहर , १० बर्षका छोरा अनु मुसहर र ६ बर्षकि छोरी अनरोही मुसहर रहेका छ्न।
चन्द्रपुर ४ का नारायण न्यौपानेले १५००÷ उज्वल रिजाल १०००÷ राज इलोक्ट्रोनिक्सका संचालक राजेन्द्र तिवारले १८८०/सुप्रिम एफएम चन्द्रपुर बाट २०००/रुपैयाको सहयोगमा खाध्यान्न सहयोग गरिएको हो ।अति नै बिपन्न परिवारमा कमाएर ल्याउने व्यक्ति को मृत्यु भएपछि सो परिवारले सहयोगको याचना गरेका थिए ।
सो परिवार लाई चामल दुई बोरा , दाल ५ किलो , चिउरा १० किलो , तेल ४ लिटर, नुन,मसला, सावुन सरफ,चना लगाएतका सामान सहयोग गरिएको छ ।सो परिवारका आफन्त अकलु माझी मुसहर ले खाध्यान्न सहयोगले तत्कालको लागि ठूलो सहयोग भएको बताएका छन ।

अघिल्लो सामग्रीखेतमा बाढी पस्दा सयौँ बिगाहा धानबाली नष्ट
यसपछिको सामग्रीमोटरसाईकल हराएको सूचना