रौतहट,०२ साउन
गत असार २७ गते रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएको थियो । शिवलिंग दुई फिट भासिएपछि स्थानीयमा त्रास फैलिएको छ । २७ गते दिउँसो पूजा गर्दागर्दैको अवस्थामा शिवलिङ्ग सतहभन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयवासीमा त्रास देखिएको हो ।अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा सोहि वडाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहितको टोलीले पुरातत्व विभागलाई जानकारी गराएका थिए । साथै धार्मिक क्षेत्र मुख्य गरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरुसँग सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै रौतहट क्षेत्र नं. ०४ का प्रतिनिधि सभा सदस्य मा. देव प्रसाद तिमल्सिनाले पुरातत्व विभागलाई आवश्या अनुसन्धान गर्न र नयाँ मन्दिर निर्माण गर्नको लागी आवश्यक बजेट बिनियोजन गर्र्न पत्रचार समेत गर्नु भएको छ । भैरवनाथ मन्दिर प्रचिनकालमै निर्माण गरीएको ऐतिहासीक,पौराणीक,संस्कृतीक धरोहरको रुपमा रहेकाले जिर्ण बन्दै गएको अवस्थामा यसको संरक्षण गर्नु सबैको दाईत्व रहेको माननिय तिमल्सिनाको भनाई छ । आफ्नो क्षेत्रमा सो घटना भएको थाहा पाए लगतै साउन १ गते आफु स्वयम पुरातत्व विभाग पुगी विभागका महानिर्देशक लाई सवै आवश्यक जानकारी गराएका थिए । “पुरातत्व विभागलाई आवश्या अनुसन्धान गर्न र नयाँ मन्दिर निर्माण गर्नको लागी आवश्यक बजेट बिनियोजन गर्न पत्रचार गरेको छु” तिमल्सिनाले भने ।
समनपुरको महादेव मन्दिरलाई अतिप्राचीन मानिन्छ । किंवदन्तीअनुसार बाह्र वर्षको वनवास सकिएपछि एक वर्षको अज्ञातवास यहीबाट सुरु गरेका थिए। अज्ञातवास प्रारम्भ गर्न पाण्डवहरुले बनाएको सुरुङमा पसेको र सुरुङलाई बन्द गर्न त्यसको मुखमा ढुंगा राखेका थिए। त्यही ढुंगालाई कालान्तरमा स्थानीयले महादेव भनि पूजा गर्न थालेका थिए । केही दशक पहिलेसम्म हरेक वर्ष दर्जनौँको संख्यामा थारु, कछडिया लगायतका जातिहरुको बिहे हुने गरेको मन्दिरमा जति धेरै जल चढाए पनि कहाँ जान्छ भनि अत्तोपत्तो नहुने गरेको स्थानीयको भनाइ छ। सुरुङको मुखमाथि शिवलिंग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ। वरपरको जमिनको सतहभन्दा गहिरो स्थानमा रहेको शिवलिंगमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ।