रौतहट सहित प्रदेश दुईका पूर्वपश्चिम लोकमार्ग अन्र्तगत नदीहरुमा रहेका पुलहरु जीर्ण हुदै गएका छन् ।तत्कालिन राजा महेन्द्र विर बिक्रम शाहदेवको पालामा करीव ५० बर्ष अघि निमार्ण भएको पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ भने यातायात संचालनमा समेत असहज भएको छ ।
रौतहट र सर्लाहिको सिमानामा रहेको बागमति नदिको पुलको पिलरको जग नै देखीन थालेको छ भने पिलर समेत जिर्ण बन्दै गएका छन् ।केही बर्ष अघि सम्म बागमति नदिको सतह माथि रहेपनि पछिल्लो बर्षहरुमा सतह गहीरीएको छ । बर्षेनी नदीको दक्षिण तर्फ पुल नजिकै ठुलो परीणाममा नदीजन्य पदार्थहरु निकाल्न थालेपछि पुलको जग नै देखिन थालेको चन्द्रपुर ०१ का स्थानिय समिर कार्कीले बताएका । बारा जिल्लाको तीन नम्वर पुल भासिएर मर्मत हुदैछ । यस्तै बाराकै दुधौरा खोलाको पुल दुइपटक भासिए पछि नया पुल निर्माण कार्य अगाडी बढाईएको छ । लालबकैया तथा पसाहा नदीमा रहेको पुल पनि जीर्ण हुदै गएको छ भने सवारी दुर्घटना को जाखिम समेत बढेको छ ।
रौतहट र बाराको सिमानामा रहेको धन्सर पुल भत्किएपछि नया पुल निमार्ण भएको थियो उक्त नया पुलको पस्चिम तर्फको भाग पनि दुईबर्ष अघि आएको बाढीले क्षेती पुर्याएको छ ।
रौतहटको चादी नदी र पौराइ नदीमा रहेको पुल पनि जीर्ण हुदै गएको छ । पुलको फलामहरुमा रंगरोगन लगाउने काम भएपनि नदीको सतह गहीरो हुदै जादा पिलरको जगहरु देखिन थालेका छन ।लोकमार्गका केहीपुलहरु जीर्णहुदै गएको र मर्मतगर्दै संचालनमा ल्याइएको पुल महाशाखाकाले जनायो ।
देशकै मेरुदण्डको रुपमा रहेको पुर्वपस्चिम लोकमार्ग अन्र्तगत रहेको पथलैया देखी ढल्केवर सम्मको साना खोलाहरुमा रहेको पुल पनि जीर्ण बन्दै गएका छन । जीर्णपुलहरुले जोखीम बढाएको सडक प्रयोगकर्ताहरुको गुनासो छ ।यस मार्गमा धेरैजसो दुर्घटना पुलको आसपास र पुलमा नै हुने गरेको पाइन्छ ।दैनिक ५ हजार भन्दा बढी साना तथा ठुला सवारी साधन संचालन हुने सडकका पुलहरु व्यवस्थित हुनुपर्ने सवारी चालकहरुको भनाइ छ ।
करीव ५० बर्ष अघि रुस सरकारको सहयोगमा पथलैयादेखि ढल्केबर सम्मको सडकमा ५५ वटा पुल छन, ती पुलहरु जर्णि भएका छन । अधिकांश पुलहरु सिंगल लेन र रोड दुई लेन हुदा समस्या भएको प्राबिधिकहरुको भनाइ छ । पुल सिंगल लेनको हुदा सवारी साधन जामहुने तथा दुर्घटनाको खतरा समेत हुने उनीहरु बताउछन । पुलमा जडान भएका फलाममा खिया लागेका छन । लामो समय पुलको फलामहरुको मर्मत नहुदा भाच्चिने , पिलर भासिने समस्या आउने गरेको सडक कार्यलयका इन्जिनियरहरुको भनाइ छ ।

अघिल्लो सामग्रीअभिनेत्री जेनी कुँवर मृत फेला
यसपछिको सामग्रीएमाले रौतहटको अध्यक्षमा गिरी मनोनित