श्रावण ११, काठमाडौं
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पहिलो पटक नेपालमा खेल्न आफु उत्साहित भएको बताएका छन् ।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटका लागि काठमाडौं किङ्स(११ मा आबद्द भएका पहिलो पटक नेपालमा खेल्न उत्साहित भएको बताएका हुन् ।

काठमाडौं मेरो पहिलो भ्रमण हुनेछ । म निकै उत्साहित छु,ु काठमाडौंले आयोजना गरेको कार्यक्रममा अफ्रिदीले अनलाइन भिडियोमार्फत भने ।काठमाडौंले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले ईपीएल खेल्ने जानकारी गराएको हो । उक्त कार्यक्रममा अफ्रिदी भिडियो लाईभबाट उपस्थित भएका थिए ।अफ्रिदीले नेपाली क्रिकेटबारे जानकारी नरहेको समेत बताए ।इमान्दारीपूर्वक भन्नु पर्दा मलाई केहि थाहा छैन । तर, मलाई थाहा छ मानिसहरु क्रिकेट मन पराउछन्, उनले भने ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए ।उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी(ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

अघिल्लो सामग्रीआमाबुवा नै संसार हो भन्ने छोराछोरी किन बुढ्यौलीमा बोझ मान्छन्
यसपछिको सामग्रीसर्लाहीमा पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला