निजगढ,०३ श्रावण
निजगढमा खानेपानीको समस्या समाधान उन्मुख बनेको मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । वडा नम्बर १ मा सबा २ लाख लिटर क्षमताको दुईवटा खानेपानी ओभरहेड ट्यांकी निर्माण हुने भएपछी भरतगंज सिंगौलमा खानेपानीको ७५ प्रतिशत समस्या समाधान हुने मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । आईतबार भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजनाको खानेपानी ओभरहेड ट्यांकीको शिलान्याश गर्नुहुदै मेयर खनालले भरतगंज सिंगौलमा खानेपानी समस्या समाधान गर्न आफु अझै प्रयासरत रहेको बताउनुभयो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाको सहयोगमा वडा नम्बर २ मा पनि खानेपानी निकाल्नकोलागी परिक्षण हुदै गरेको बताउनुहुदै मेयर खनालले सो परिक्षण सफल भएमा भरतगंज सिंगौलका ९५ प्रतिशत नागरिक खानेपानीको पहुचमा पुग्ने बताउनुभयो । चुरे पहाडको बिकट क्षेत्रमा बसोबास गर्ने केहि घरपरिवार लगायत अन्य नागरिकको पनि शुद्ध खानेपानीमा पहुच पुर्याउने आफ्नो लक्ष रहेको खनालले बताउनुभयो । नगरपालिका अन्तर्गत साविकको निजगढ क्षेत्रमा १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताहरुलाई निशुल्क खानेपानी वितरण गर्ने आफ्नो योजना अनूरुप चालु आर्थिक वर्षदेखि सो नीति लागु हुने जनाउनुभयो । शिलान्याश कार्यक्रममा नगरपालिकाकी उपप्रमुख खनालले नगर भित्रका नागरिकहरुलाई खानेपानीको अभाव हुन नदिन नगरपालिका मार्फत आवश्यक योजना संचालन गर्दै सम्बन्धित निकायमा थप पहल गर्ने बताउनुभयो । तेसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका डिभिजनल ईन्जिनियर जकि अहमद अन्सारीले निजगढ क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले निरन्तर सहयोग गरीरहने बताउनुभयो । ईन्जिनियर अन्सारीले स्थानीय नागरिकको खानेपानी समस्या समाधानमा आफ्नो निकायको तर्फबाट सहयोग गर्न पाउँदा निकै खुशी महशुश भएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनले वडा नम्बर १ मा निर्माण भईरहेको २ वटा खानेपानी आयोजनाले निजगढ नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १,२ र ३ भरतगंज सिंगौलका ७ सय भन्दा धेरै घरधुरीका ५ हजार भन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो । २ वर्ष भित्र खानेपानीको ओभरहेड ट्यांकी निर्माण सम्पन्न हुने गरी जारी निर्माण कार्य सम्पन्न भएपछी भरतगंज सिंगौलमा खानेपानीको उचित व्यवस्थापन हुने आफ्नो विश्वाश रहेको बताउनुभयो । मेयर सुरेश कुमार खनाल र आफु जनप्रतिनिधिको रुपमा चयन हुनुभन्दा पहिलेदेखि नै आफुहरुले यी आयोजनाहरु निर्माण गरी भरतगंज सिंगौलमा खानेपानी समस्या समाधान गर्न लागीपरेको स्मरण गर्दै आफुहरुको लक्ष साकार भएको बताउनुभयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको सहयोगमा वडा नम्बर १ भरतगंज सिंगौलमा हाल सिंगौल ब्रम्हबाबा खानेपानी आयोजना र भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजना संचालनरत रहेकोछ भने वडा नम्बर २ र वडा नम्बर १० लालमा पनि खानेपानी आयोजना संचालनकोलागी परिक्षण जारी रहेकोछ