चितवन — लगातार वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन ठप्प भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ । पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाले बताए ।
डोजर र लोडर पहिरो खसेको ठाउँमा पुगेको र हटाउन थालिसकिएको थापाले बताए । संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको यो सडक खण्डमा वर्षायाममा पहिरोले पिरलो सुरु हुन्छ । एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा हरेक वर्षायाममा पहिरो खसेर दुस्ख दिने गरेको छ ।

साभारःकान्तिपुर

अघिल्लो सामग्रीरौतहटमा धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु
यसपछिको सामग्रीकालीगण्डकी डाइभर्सन सधैंका लागि बन्द गर्न आग्रह