भारतको उत्तर प्रदेश सरकारले जनसंख्या नियन्त्रणका लागि नयाँ नियम ल्याउन लागेको छ । मुख्यमन्त्री आदित्यनाथ योगी उत्तर प्रदेश सरकार प्रमुख भएपछि जनसंख्या नियन्त्रणका लागि अनेक योजना ल्याइएको हो । यहाँहरुलाई जानकारी नै छ कि मुख्यमन्त्री अविवाहित हुनुहुन्छ ।
उत्तर प्रदेश सरकारले तयार पारेको जनसंख्या विधेयक २०२१ को ड्राफ्टमा दुई भन्दा बढी बच्चा जन्माउनेलाई अनेक सुविधाबाट वञ्चित गराउने नियमहरु राखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । विधेयकमा दुई भन्दा बढी बच्चाका अभिभावकले सरकारी नोकरीमा आवेदन दिन नपाउने, स्थानीय तहमा चुनाव लड्न रोक लाग्ने उल्लेख छ । यस्तै, आइतबार उत्तर प्रदेश सरकारले जारी गर्न लागेको विधेयक लागू भएमा दुई भन्दा बढी सन्तानका अभिभावकले प्रदेश सरकारले दिने ७७ सुविधा नपाउने भएका छन् । यस्तै, सरकारी नोकरीमा रहेकाहरुको प्रमोसन रोकिनेछ । सरकारी अनेक अनुदानहरु पाउने छैनन् ।

यतिमात्र होइन, विधेयक लागू भएमा अहिलेका जनप्रतिनिधिहरुले शपथ पत्र पाउने छन् कि अब आउने निर्वाचनका बेलासम्म उनीहरुको तेस्रो बच्चा हुनेछैन । सरकारी कर्मचारीले पनि अर्को बच्चा भए प्रमोसन र अनुदान नलिने शपथ पत्र पाउनेछन् । यति मात्रै होइन, सरकारी जागिरमा हुने र परिवार नियोजन गर्नेहरुले अतिरिक्त सुविधा, शिघ्र प्रमोसन, अन्य थप सरकारी सुविधा पाउने छन् । दुई सन्तानका अभिभावक सरकारी नोकरीमा हुँदा पानी, बिजली, घर कर, बैंक ऋणमा छुट र सुविधा हुने प्रस्ताव विधेयकमा छ । एक मात्र सन्तान जन्माउनेलाई २० वर्षपछि निशुल्क उपचार, शिक्षा, विमा सरकारी जागिरमा प्राथमिकतामा राखिने सरकारी प्रस्ताव छ ।

अघिल्लो सामग्रीरौतहटको चन्द्रपुरमा झडप ,६ मोटरसाइकलसहित १ स्कुटर ध्वस्त
यसपछिको सामग्रीखेलाडीलाई हौसला दिन रंगशालामै पुगे बेलायतका राजकुमार र प्रधानमन्त्री