रौतहट,२ साउन
मनसुन पुन सक्रिय भए संगै नदिमा बाढीको खतरा कायमनै रहेकाले रौतहट प्रशासनले तटीय क्षेत्र आसपासका बासिन्दालाई सचेत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।
लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई प्रजिअ यादवले सतर्क रहन आग्रह गरेका हुन् ।
मुसलधारे बर्षाको कारण बागमती ,लालबकैया नदि तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको छ ।
जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ । बागमती र लालाबकैया नदीमा आउने बाढीको पानी भारतिय बाँधको कारण तत्काल निकास हुन नसक्दा जिल्ला सदरमुकाम गौर,ईशनाथ, लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।

अघिल्लो सामग्रीरौतहट ट्राफिक प्रहरी एक्सनमा
यसपछिको सामग्रीसाझावाणी दैनिक साउन ३ गते आईतवार ई-पेपर