TOKYO, JAPAN - JULY 31: Caeleb Dressel of Team United States celebrates winning the gold medal and breaking the world record competing in the Men’s 100m Butterfly Final at Tokyo Aquatics Centre on July 31, 2021 in Tokyo, Japan. (Photo by Maddie Meyer/Getty Images)

१६ साउन, काठमाडौं
अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् ।
शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ सेकेण्ड सयसहित रजत जिते भने स्वट्जरल्याण्डका नोए पोन्टीले ५०.७४ सेकेण्ड समयसहित कास्य जिते । यसपटक १०० मिटर बटरफ्लाइमा रियो ओलम्पिकमा पदक जितेका कोही खेलाडी फाइनलमा थिएनन् । त्यसैले यस पटक पदक जित्ने सबै नयाँ खेलाडी रहे ।२४ वर्षीय ड्रेसलले टोकियोमा जितेको यो तेस्रो पटक हो । यसअघि उनले चार गुणा १०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

उनी ५० मिटर फ्रिस्टाइलमा पनि फाइनल पुगेका छन् । शनिवारै भएको मिक्स्ड चार गुणा १०० मिडले रिलेमा भने ड्रेसलसहितको टिमले कुनै पदक जित्न सकेन । अमेरिकन टीम यस इभन्टमा पाँचौ स्थानमा रह्यो । ड्रेसललाई नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको छ । ओलम्पिक इतिहासमा सबैभन्दा धेरै २३ स्वर्ण जित्ने कीर्तिमान बनाएका फेल्प्सले सन् २००८ को बेयजिङ ओलम्पिकमा प्रतिस्पर्धा गरेका सबै ८ इभेन्टमा स्वर्ण जितेका थिए । २०१६ मा भएको रियो ओलम्पिक पछि फेल्प्सले सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् । रियो ओलम्पिकमै उनी र फेल्प्ससहितको टिमले चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेका थिए । यस्तै चार गुणा १०० मिटर मिडले पनि ड्रेसलसहितको टिमले स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए । त्यसबेला १०० मिटर फ्रिस्टायल ड्रेसल छेटौं भएका थिए ।
ड्रेसलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

अघिल्लो सामग्रीथाइराइडको उपचार कसरी गरिन्छ ?
यसपछिको सामग्रीतुइन तर्दै गरेका नेपाली युवा एसएसबीले डोरी काटेपछि महाकालीमा बेपत्ता