लहान “बेटी बचाऔ, बेटी पढाऔ” मुल नाराका साथ लैङ्गिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित मसिलाल जनता माध्यमिक बिद्यालयमा अध्ययनरत ७७ जना छात्रालाई साइकलसहित शैक्षिक सामग्री वितरण गरेका छन् ।
सम्मुन्ती कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजना र सुरुङ्गा नगर पालिकाको समन्वयमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा नगर प्रमुख मुतिmनाथ चौधरी तथा नगर उप प्रमुख बिन्दा कुमारी पासवान, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, सुरुङ्गा नगरपालिका ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, वडा नम्बर ५ अध्यक्ष अरुहुलिया देवी पासवान, वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र चौधरीले विद्यार्थीहरुलाई साईकल, जोमेटरी बक्स, क्यालकुलेटर, सेनिटरी प्याड, छाता, स्टील स्केल, स्यानिटाइजर, मास्क लगायतका सामग्री वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मुतिmनाथ चौधरीले शिक्षालाई नगरले पहिलो प्राथमिकतामा राखेको र त्यहि अनुरुप बजेट विनियोजन गरेको बताए । सेभ द चिल्ड्रेन र सबल नेपालको सुरुङ्गा नगर पालिकामा शिक्षा क्षेत्रमा ठुलो देन रहेको समेत उनले प्रशंसा गरे ।
विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ का कारण शिक्षा क्षेत्र समेत प्रभावित भएको भन्दै प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले शिक्षा क्षेत्रको सुधार पहिलो आवश्यतmा रहेको र त्यहि अनुसार नगर पालिकाले शिक्षाको लागि २ करोड रकम विनियोजन गरेको जानकारी दिए । शैक्षिक सामग्री वितरण कार्यक्रममा आयोजक संस्था सबल नेपालका अध्यक्ष जुना गिरी, अनुगमन, मूल्याणकन, जवाफदेहित र सिकाई अधिकृत अमित कुमार साह, सबल नेपालका लैङ्गिक केन्द्रित कार्यक्रम परियोजना संयोजक हेमन्त प्रासर, तथा सबल नेपालका फिल्ड अधिकृत असोक कुमार साह तथा मसिलाल जनता माध्यमिक बिद्यालय कुशहाका प्रधानाध्यापक हंसनारायण मेहताको समेत उपस्थिति रहेको थियो ।