चन्द्र्रपुर,०५ साउन
चन्द्रपुर ०८ स्थित घोरीदेवी मन्दिर परिसरमा गणेश भगवान मन्दिरको शिलान्यास गरीएको छ । मंगलबार शुभ साईत हेरीएर घोरीदेवी मन्दिर परिसरमा गणेश भगवानको मन्दिर चन्द्रपुर नगरपालिका वार्ड अध्यक्ष पासपत चौधरीले शिलान्यास गर्नु भएको हो । एतिहासीक र धार्मीक महत्तव बोकेको घोरीदेवी मन्दिरमा अध्यक्ष पासपत चौधरीको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम समपन्न भएको हो । हिन्दु धर्ममा सर्ब प्रथम गणेश भगवानको पुजा आरधाना गरेर सुरुवार गरीन्छ । घोरीदेवी मन्दिर एतिहासीक भए पनि गणेश भगवानको मन्दिरको सानो मुर्ति मात्र रहेको थियो ।

सबैको सल्लाह र साथले गणेश भगवानको मन्दिरको निर्माण कार्य समपन्न गर्न सकिने घोरीदेवी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बलिराम चौधरीले बताए । एतिहासीक र धार्मीक महत्तव बोकेको घोरीदेवी मन्दिरमा पर्यटकीय संभावना रहेकाले यस को प्रबर्धन स्थानिय सरकार र सबै बुद्धिजिवि मिलेर गर्नु पर्ने सामाजीक अभियन्ता बसन्त आचार्यले बताए ।
यस्तै गणेश मन्दिर निर्माणको लागी चन्द्रपुर न.पा वार्ड नं. ०८ का अध्यक्ष पासपत चौधरीले नगद रु. एघार हजार सहयोग गर्नु भएको छ । घोरीदेवी मन्दिर मर्मत संभारको लागी आफुले सक्दो सहयोग गरेको अध्यक्ष चौधरीले बताए । आगामी दिनमा पनि पर्यटक प्रबर्ध,मन्दिर ब्यवस्थापनको लागी पनि योजना बनाएर अघि बढ्ने चौधरीले प्रतिबद्धता जाहेर गरे ।

शिलान्यास कार्यक्रममा सामाजिक अगुवा रामशरण गौतम,शिक्षकद्धय रुपक परीयार, ब्यवस्थापन समितिका सचिव सुदिप गिरी,सदस्यहरु सुरेश मगर,बिनय चौधरी र लक्षमण चौधरी को उपस्थिति रहेको थियो ।

अघिल्लो सामग्रीअफगानिस्तानले पाकिस्तानबाट सबै कूटनीतिक अधिकारी फिर्ता बोलाउने
यसपछिको सामग्रीसाझावाणी दैनिक सााउन ०५ गते मंगलवार ई-पेपर