रौतहट ।
रौतहटस्थित अँडुवा खोलाको बाढीले सयौँ बिगाहा धानबाली नष्ट भएको छ । रौतहट र बारा जिल्ला को सीमानामा पर्ने आएको बाढीले फतुवा बिजयपुर नगरपालिकाका दर्जनौं किसानहरुले लगाएको सयौ“ बिगाहा धानबाली खेतमै नष्ट भएका हो । वर्षभरीको मिहिनेत र हजारौ“ रुपैया लगानी गरेर किसानहरुले लगाएको धानबाली काट्ने बेलामा बाढीको पानीले नष्ट हु“दा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत रामदासी, पेटभर्वा र बाराको सिंहास्नी, बैरिया तथा मलाहिगाउ“को नदीका किसानहरु चिन्तित भएका छन् ।
स्थानीय देवीलाल महतोको ४ बिगाहा, जोखु राय यादव को १ बिगाहा, राजा साहको १५ कठ्ठा, धनई साहको १५ कठ्ठा, रघुनाथ साहको १ बिगाहा लगायत दर्जनौँ किसानले आ–आफ्नो खेतमा लगाएको एक सय बिगाहाभन्दा बढी क्षेत्रफल जग्गाको चैते धानबाली नष्ट भएको पूर्व गाविस अध्यक्ष राम एकबाल यादव जानकारी दिएका छन् ।
अँडुवा खोलामा आएको बाढीले झन्डै ४ हजार कुनटल धान नष्ट हुँदा एक करोडभन्दा बढीको क्षति भएको फतुवा विजयपुरका मेयर गोपाल यादवले जानकारी दिए । ठुलो परिमाणमा किसानको क्षति हुँदा राहत क्षतिपूर्ति परै जाओस् हालसम्म कुनै निकायले निरीक्षण समेत नगरेको पीडित किसानहरूले दुखेसो पोखेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका सिडिओ इन्द्रदेव यादवले उक्त समस्याबारे कसैले हालसम्म जानकारी नगराएकाले जान नसकेको र यसैलाई खबर बुझेर अविलम्ब स्थलगत निरीक्षणमा जाने प्रतिबद्धता जनाएका छन् ।

अघिल्लो सामग्रीएमाले रौतहटको अध्यक्षमा गिरी मनोनित
यसपछिको सामग्रीमुसहर परिवार लाई खाध्यान्न सहयोग