२ श्रावण,रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। रौतहट जिल्ला क्षेत्र न ४ वृन्दावन नगरपालीका वडा नम्बर ८ बहुअरि ,नेपाली काग्रेंसका नेता पुर्व क्षेत्रीय सभापती, रौतहट क्षेत्र नम्बर ४(ख)को बिधायक प्रत्यासी रामअंज्ञा राय यादवको उपचारको क्रममा निधन भएको हो । ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको हो । पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको हो। यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए ।

अघिल्लो सामग्रीबालबालिकामा इन्टरनेटको लत
यसपछिको सामग्रीप्रदेश २ः कुन मन्त्रालयले कति बजेट खर्चिए ?