अनलाइन परीक्षाको उत्तरपुस्तिका तोकिएको समय अवधिभित्रै बुझाउन प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले सूचित गरेको छ । तोकिएको समय अवधिभन्दा बाहेकको उत्तरपुस्तिकालाई मान्यता नदिने परीक्षा व्यवस्थापन कार्यालयले जानकारी गराएको छ । अनलाइन परीक्षाको नाममा प्रश्नपत्र घरमा लगेर समाधान सारेर बुझाउने गरेको पाइएपछि तोकिएको समय अवधिभित्र प्रश्नपत्र उपलब्ध गराई तोकिएकै समय(तीन घन्टा भित्र बुझाएको उत्तरपुस्तिकालाई मात्र मान्यता दिने सूचनामा उल्लेख गरिएको छ । अन्यथा भएमा पुनःपरीक्षा लिनुपर्नेछ ।

अघिल्लो सामग्रीचन्द्रपुरको मुख्य चोकमा ब्यबस्थित पार्किङ गर्न उद्योग वाणिज्य संघको आग्रह
यसपछिको सामग्रीदुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू .सर्वोच्च अदालत