नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। बैठकमा पार्टीको असन्तुष्ट (माधवकुमार नेपाल–झलनाथ खनाल ) समूह सहभागि भएको छैन । तर दुवै समूहमा नरहेर एकता अभियान सञ्चालन गरिरहनुभएका उपाध्यक्ष वामदेव गौतम भने सहभागि हुनुभएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक करिब एक घण्टा ढिला गरी शुरू भएको हो ।

एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत् साङ्गठनिक अवस्थामा फर्कन सहमत भएको हो । बुधबार बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई एमालेको पूर्ववत् केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो । पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छन् ।

नेपाल(खनाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बिहीबार सम्पन्न बैठकले केन्द्रीय कमिटी बैठक अवैध भएको भन्दै बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो । सो समूहका नेता घनश्याम भुसालले बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो । सहमतिका लागि दुवै पक्ष हिजो ९बिहीवार० बेलुका अबेरसम्म छलफलमा बसेका थिए । सो विषयमा नेता सुवास नेम्वाङले छलफल जारी रहेको तर कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो ।

अघिल्लो सामग्रीप्रदेश नम्बर २ का साढे ८ सय सीमास्तम्भ गायब
यसपछिको सामग्रीआधुनिकता भित्रिए संगै पूर्वमा हराउन थाल्यो असारे भाका