काठमाडौ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधिसभाको आजको बैठकमा देउवाले विश्वासको मत लिँदै छन् । एमाले बैठकले अरु पार्टीलाई पनि देउवाको विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । यस्तै, पुनःस्थापित संसद्को पहिलो बैठकमै विश्वासको मत लिने घोषणाले विभिन्न प्रश्न जन्माएको ठहर बैठकले गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जनाए ।
साभारः एभि न्युज खबर
मुख्य समाचार एमालेले देउवाको विपक्षमा मतदान गर्ने