पछिल्लो समय पूर्वमा असारे भाका लोेप हुने अवस्थामा रहेको छ । पस्चिमा संस्कृतीको प्रभावमा आधुनिकता भित्रिए संगै असारे भाका लोप हुने हवस्थामा पुगेको हो । वास्तवमा डोको भरी पहेंला पाकेका केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको स्थानीय धानके चिउरा, हतभरी चुरा, गुन्यू चोली लगाएका हातमा धानको बीउ बोकेर असारे गीत गाउदै हिलोमा छ्पकछपक रोपिएका धानका गाँज । आहा १ असार १५ साँच्चिकै नेपाली किसानका लागि एउटा छुट्टै पहिचान बोकोको चाड हो । असारे गीतको सुमधुर भाकाका साथमा छुपुछुपु धान रोप्दा हिलोमा बाउसे र रोपाहार बिच एक आपसमा माया साटासाट आपसी सद्भाव र रमाइलोपनको छुट्टै मज्जा हुन्छ रोपाईँमा । नेपालमा खासगरी असार साउनमा धान रोप्ने गरिन्छ ।
परम्परादेखिनै असार १५ को बेठी लगाइ राजा माहाराजाहरु समेत यो कार्यमा संलग्नता रहने चलन छ । दही चिउरा खाँदै गाउँका ठुलाबढाको खेतमा जम्मा भएर बेठी लगाउँदै रोपाईं गर्ने चलनले यसको लोकप्रियता व्यापक रहेको छ । असारलाई मानो खाएर मुरी उब्जाउने दिन भन्ने चलन रहेको छ । यो समयमा कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सन खोज्छन् ।
रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा
तर अहिले असारे गीतको गाउँदै बेठी लगाएर खेती गर्ने चलन बिस्तारै लोप हुँदै गएको छ । थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गर्दै गाइने असरे गीत पछिल्लो पुस्ताले ग्रहण नगर्नाले यो परम्परा लोप हुन्छ कि भन्ने चिन्ता लागेको बताउँछन बुढापाकाहरु । पहिलाको समयमा डोकोमा दही, केरा, चिउरा, काक्रा, आँप लगायत बोकेर बेसीको खेतमा बेठी लगाएको संझनामा मात्र रहेको उनिहरुको भनाइ छ ।
बुढापाकाहरु “छिपीमा छिपी धानैमा रोप्नु बेंसीको फाँटमा, आउ न बाउसे छ्याप न हिलो कान्छीको साथैमा” यस्ता असारे गीतको सुरमा रोपाइ गरेको कुरा सुनाउदै असार १५ को लोकप्रियता संरक्षण गर्न आग्रह गर्दछन् । असार १५ को दिन धान खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका तिनको तारिफ गरेर गाइने गरिन्थ्यो साथमा महिला हरुको माया साटासाट गर्ने र वर्ष भरीको दुखेसो पनि पोखिने गरिन्थ्यो तर अहिले त कहिले असार १५ आयो कहिले गयो पत्ता समेत हुन छाडेको ८१ वर्षिय बृद्धा धनमाया बरालले बताउनु भयो ।
पछिल्लो समय आफ्ना सन्ततीले गीत गाउन त परै जाहोस धान रोप्न समेत विर्सिसकेका कारण संस्कृती लोप हुने अवस्थामा पुगेको पाका मान्छेहरु बताउँछन् । पुराना आफ्ना परम्परा र सस्कारलाई जगेर्ना गर्नका लागि संस्कार र संस्कृती पुस्ताहस्तान्तरण गर्नु पर्ने देखिन्छ ।
असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । यो विभिन्न भेग अनुसार फरक–फरक तरिकाले बुझ्ने गरिन्छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भनि पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन परम्परादेखि नै चलेको पाइन्छ । यस भाकाका फाँकीहरू १६र१६ अक्षरका हुन्छन् र हरेक पाउका दस अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानेर यो भाका गाइन्छ ।
असारे भाकाले किसानको थकित शरिरलाई आनन्ददायी र रोचक बनाइ स्फुर्त रुपमा कामप्रती मोह जगाउने किसानहरु बताउँछ्न् । उहिले त असारे गीत नजान्ने कोहि थिएन बाउसे रोपार दुबैले छुट्टाछुट्टै आनन्दका साथमा गीत गाउँदै धान रोप्ने चलन थियो तर अहिले त कही कतै असारे भाका नै सुनीने नगरेको ९५ वर्षिय नन्द प्रसाद भट्टराईले बताउनु भयो ।
पछिल्लो समय असारे गीत गाउदै बेठी लगाउने चलन हराउदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ । परम्परागत सकारात्मक कुराको अनुशरण गर्न अहिलेका युवा पुस्तालाई पुराना पुस्ताले आग्रह गरि रहेका छन् ।
लोप हुन लागेका यस्ता असारे भाका अव युट्युवमा मात्र हेर्न र सुन्न पाईने अवस्था रहेको छ ।
कला आधुनिकता भित्रिए संगै पूर्वमा हराउन थाल्यो असारे भाका