११ साउन,रौतहट
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका(६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ। घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो।

प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ। पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।

अघिल्लो सामग्रीस्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
यसपछिको सामग्रीमन्त्री नियुक्तिको सकस र सुशासन